एजेन्सी – उत्तर कोरियाले सोमबार तीन क्षेप्यास्त्र परीक्षण गरेको छ। दक्षिण कोरियाली सेनाले जनाए अनुसार उत्तर कोरियाले दक्षिणी हेमग्योङ्ग प्रान्तबाट जापानी समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो।
उत्तर कोरियाले परीक्षण गरेका क्षेप्यास्त्रले ५० किलोमिटरको अधिकतम उचाई लिएर दुई सय किलोमिटरसम्मको दूरी तय गरेका थिए। दुई साताअघि पनि उत्तर कोरियाले यस्तै किसिमका क्षेप्यास्त्र परीक्षण गरेको थियो।
उत्तर कोरियाले परीक्षण गरेको क्षेप्यास्त्रको किसिम भने अझै स्पष्ट नभइसकेको र यसबारे आवश्यक विश्लेषण भइरहेको दक्षिण कोरियाली सेनाले जनाएको छ।