एजेन्सी– विश्वव्यापीरुपमा फैलिइरहेको कोरोना भाइरसकाे संक्रमणबाट सर्वसाधारणदेखि विभिन्न ओहोदामा रहेका व्यक्तिसम्म प्रभावित हुने क्रम बढेको छ।
यसैक्रममा फ्रान्सका एक मन्त्रीलाई पनि कोरोना भाइरसकाे संक्रमण भएको छ। त्यहाँको संस्कृति मन्त्रालयले अनुसार संस्कृति मन्त्री फ्रयान्क रियस्टरलाई कोरोना भाइरसकाे संक्रमण भएको पुष्टि गरेको छ।
कोरोनाबाट संक्रमित मन्त्री रियस्टरको अवस्था सामान्य रहेको पनि संस्कृति मन्त्रालयले विज्ञप्तिमा जनाएको छ। पछिल्लो तथ्यांकअनुसार फ्रान्समा कोरोनाबाट २५ जनाको मृत्यु भइसकेको छ भने १ हजार ४ सय १२ जना संक्रमित छन्।