एजेन्सी– दिल्ली प्रहरीले हालै आईएसआईएस सम्बद्ध एक कश्मीरी जोडीलाई पक्राउ गरेकाे छ। अफगानिस्तानको खोरासान प्रान्तको आईएसआईएस युनिटसँग सम्बद्ध रहेका उनीहरुले दिल्लीमा आत्मघाती विस्फोट गराउने तयारी गरेको प्रहरीले जनाएको छ।
प्रहरीले अनुसन्धानको क्रममा यस्तो भेटिएको जनाएको भारतीय मिडियाले उल्लेख गरेका हुन्। नागरिकता कानुनको विरोध गर्दै भएको प्रदर्शनमा पनि आईएसआईएसको भुमिका रहेको प्रहरीको दावी छ।
उच्च अधिकारीहरुका अनुसार उक्त जोडीको सम्बन्ध आफगानी आईएसआईएसका उच्चस्तरीय सदस्यसँग रहेको थियो।
प्रहरीले उनीहरुको नाम समेत सार्वजनिक गरेको छ। जहान्जेब सामी र उनकी पत्नी हिना बसिर बेइगलाई प्रहरीले दिल्लीको दक्षिणी क्षेत्रबाट पक्राउ गरेको हो। स्रोतका अनुसार जहान्जेब सामी एक प्राइभेट कम्पनीमा काम गर्थे। उनीहरु सामाजिक सञ्जालमा समेत सक्रिय रहेको बताइन्छ।
‘इन्डियन मुस्लिम युनिट’ नामको सामाजिक सञ्जालको अभियान समेत उनीहरुले सञ्चालन गरेको प्रहरीको भनाइ छ।