एजेन्सी– गएको शुक्रबार रिलिज भएको टाइगर श्रौफको फिल्म बागी ३ ले बक्स अफिसमा सन्तुलित कमाई गर्न सफल भएको छ। मिडिया रिपोर्टका अनुसार यस फिल्मले दुई दिनमा ३३ करोडभन्दा बढीका कलेक्शन गरेको छ।
पहिलो दिन १७ करोड कमाई गरेको यस फिल्मले दोस्रो दिन भने १६ करोड कमाई गर्न सफल रह्यो। बिदाका दिन यस फिल्मले २५ करोडभन्दा बढीको कमाई गर्ने अपेक्षा गरिएको थियो।
तर, विश्वभर कोरोना भाइरसको त्रास रहेको छ। भारतमा पनि यो भाइरस फैलिइसकेको छ। यसको असर फिल्मको कलेक्सनमा पनि परेको छ। यस फिल्मलाई अहमद खानले निर्देशन गरेका हुन्।