एजेन्सी– अभिनेत्री प्रियंका चोपडा र निक जोनसले होली मनाउँदै गरेको तस्विर सार्वजनिक गरेका छन्। शुक्रबार व्यापारी इशा अम्बानीले आयोजना गरेको होली पार्टीमा उनीहरु सहभागी भएका थिए।
प्रियंकाले निकसँगको तस्विर इन्स्टाग्राममा पनि सार्वजनिक गरेकी छिन्। जसमा प्रियंका र निक अबिरमा रंगिएका छन्। अर्को तस्बिरमा भने निक, प्रियंका र कैट्रिना कैफसँगै छन्।
दुबै जोडिले सेतो रंगको कपडा लगाएका थिए। निकले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मेरो पहिलो होली ५ दिन पहिले नै यति धेरै रमाइलो भइरहेको छ।’ विश्वमभरी फैलिरहेको कोरोना भाइरसको त्रासका कारण विभिन्न देशमा हाेलीका कार्यक्रमहरु स्थगित भएका छन्।
