काठमाडौं– ‘नेपाल स्टार’ सिङ्गिङ रियालिटी सो आज (शनिबार)बाट सुरु हुँदैछ। ‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नाराका साथ कार्यक्रम केही समयअगाडि नै घोषणा गरिएको थियाे।
देशको ७ वटै प्रदेशमा अडिसन सम्पन्न भइसकेको छ। कार्यक्रममा निर्णायकका रुपमा संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्त रहनेछन्। सोका विजेतालाई ३५ लाख नगद पुरस्कार प्रदान गरिने छ। अन्तिम ४ प्रतिस्पर्धीलाई ५–५ लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
‘नेपाल स्टार’ ले नेपालका ग्रामीण भेगमा रहेका गायन प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्ने बताइएको छ। कार्यक्रम शनिबार राति ९ बजेदखि नेपाल टेलिभिजनमा प्रशारण हुनेछ। आजको कार्यक्रम पोखरा अडिसनबाट सुरु हुन्छ।