एजेन्सी– तालिवान लडाकूहरुले गरेको आक्रमणमा परी शुक्रबार सातजनाको मृत्यु भएको छ।
हेरात प्रान्तको कुशक रुबत साङ्गी जिल्लामा घटना भएको जिल्ला गभर्नर लालमोहम्मद ओमरजाइले शनिबार जानकारी दिए।शुक्रबार अबेर आक्रमण भएको बताइएको छ। आक्रमणकारी आक्रमणपछि भागेका थिए।
आक्रमणमा परी मृत्यु भएकाहरुमध्ये एकजना शिक्षक पनि रहेको हेरात प्रान्तीय सरकारका प्रवक्ता जिलानी फरहादले सिन्ह्वालाई जानकारी दिए।
घटनाका बारेमा तालिवान लडाकुहरुका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ।