एजेन्सी–भारत भएको सवारी दुर्घटनामा परी ११ जनाएको मृत्यु भएको छ। कार र ट्र्याक्टर एकआपसमा ठोकिँदा भएको सो दुर्घटनाका कारण अरु चार जना घाइते पनि भएको अधिकारीले शनिबार जानकारी दिएका छन्।
भारतको मुजाफारपुरअन्तर्गत पर्ने कान्ति प्रहरी चौकीनजिकै दुर्घटना भएको प्रहरी अधिकारीले बताएका छन्। घाइते भएकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।