एजेन्सी– जापानले कोरोना भाइरस फैलन नदिने लक्ष्यले एकै पटक लाखौँ चिनियाँ र हजाराैँ दक्षिण कोरियाका नागरिकको भिसा रद्द गरेको छ। जापानको परराष्ट्र मन्त्रालयका अनुसार एकै पटक २८ लाख चिनियाँ र १७ हजार दक्षिण कोरियाका नागरिकको भिसा रद्द गरिएको हो।
हङकङ र मकाउका नागरिकको पनि सोमबारदेखि भिसा रद्द गर्ने जापानले जनाएको छ। जापान आइसकेकाहरुको भिसा भने तत्काललाई रद्द गरिएको छैन।
आफ्ना नागरिकको भिसा रद्द गरेपछि दक्षिण कोरियाले जापानले अनुचित र अवैज्ञानिक निर्णय गरेर समस्या निम्त्याएकाे भन्दै जापान सरकारको आलोचना गरेको छ।