काडमाडाैं– चलचित्र ‘चपली हाइट ३’ काे टिजर सार्वजनिक भएकाे छ। थ्रिलर र ग्ल्यामर कथामा निर्माण गरिएको फिल्मकाे टिजर हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएकाे हाे।
‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, दीपाश्री निरौलालगायतका कलाकारहरूले अभिनय गरेका छन्। फिल्मकाे निर्देशन निकेश खड्काले गरेका हुन्।
काठमाडौं र त्यसको छेउछाउको ठाउँमा खिचिएकाे फिल्मकाे छायांकनमा पुरुषोत्तम प्रधान रहेका छन्। फिल्म २८ चैत्रबाट देशभर प्रदर्शनमा आउनेछ।
https://youtu.be/ZMmNPIWAU6g