एजेन्सी– साउदी अरेबियाको राजपरिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन्। राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ शुक्रबार पक्राउ परेका हुन्।
साउदीको राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका उनीहरुलाई पक्राउ गरिएको कारण भने गोप्य राखिएको छ। उनीहरुको राजनीतिमा मुख्य भुमिका रहेको कुरा साउदी राजकुमार मोहम्मद बिन सलमानलाई मन परेको थिएन। अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूको अनुसार आफ्नो यात्रामा बाधक भएको निष्कर्षका साथ राजकुमारले उनीहरूलाई पक्राउ गर्ने आदेश दिएका हुन्।
सन् २०१६ मा आफ्ना बाबुले राजकुमारमा नियुक्त गरेयता मोहम्मद बिन सलमानले विरोधीमाथि तह लगाउने नीति अख्तियार गर्दै आएका छन्। तीन राजकुमारलगायत व्यक्ति यसअघि नै उनको यस्तै सोचको शिकार बनिसकेका छन्। प्रिन्स सुल्तान बिन तुर्की, प्रिन्स तुर्की बिन बान्दर र प्रिन्स साउद बिन सैफलाई उनले नियन्त्रणमा लिएर बेपत्ता नै बनाएका थिए।