एजेन्सी– बलिउड अभिनेत्री जान्हवी कपूर आज मार्च ६ मा आफ्नो २३ औं जन्मदिन मनाउँदै छिन्। जान्हवीले २०१८ मा फिल्म ‘धड़क’ बाट बलिउडमा आफ्नो यात्राको शुरुवात गरेकी थिइन्।
उनले दोस्ताना २, गुञ्जन सक्सेना, रुही अफजनाजस्ता कथानक चलचित्रमा काम गरिसकेकी छन्। तर जान्हवीकी आमा बलिउडकी पहिलो सुपरस्टार महिला अभिनेत्री श्रीदेवी भने आफ्नो छोरी जान्हवीलाई बलिउडमा देख्न चाहन्नथिन्।
जान्हवी कपूरको फिल्म गुञ्जन सक्सेना आउँदो अप्रिल २ मा रिलिज हुनेछ। जान्हवीले रुही अफजानाको काम पूरा गरिसकेकी छिन् जहाँ उनले राजकुमार रावसँग अभिनय गरेकी छिन्। हार्दिक मेहताले निर्देशन गरेको यो फिल्म आउँदो जुन ५ मा रिलिज हुने छ।