एजेन्सी– बलिउड अभिनेत्री क्याट्रिना क्याफ र अभिनेता कार्तिक आर्यनले कोरोना भाइरसको कारण आईफा अवार्ड २०२० को रिलीज मिति सारिएको जानकारी दिएका छन्। मुम्बईमा भएको आईफा २०२० प्रेस सम्मेलनमा उनीहरुले यस्तो जानकारी दिएका हुन्।
कोरोना भाइरसको संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि आईफाको मिति सारिएको हाे। आईफाको आधिकारिक वेबसाइटले पुरस्कार नाेमिनिज् घोषणा पनि गरिसकेको थियो। मार्च महिनामा भारतको मध्यम प्रदेशमा हुने भनिएको आईफा २०२० कोरोनाभाइरस त्रासको कारण स्थगित गरिएको हो।
आयोजकहरूले अवार्ड प्रदान गर्ने नयाँ मिति घोषणा गरेका छैनन्। आईफाले विज्ञप्ति जारी गरेकाे विज्ञप्तिमा लेखिएको छ, "कोभिड १९ लाई मध्यनजर गरेर आइफाको प्रंशसकहरुको र समुदायको स्वास्थ्य सुरक्षाको लागि मध्य प्रदेश सरकार, आइफा व्यवस्थापक र फिल्म उद्योगका सरकारवालाहरुसँग परमर्श गरेर अन्तिम मार्चमा आयोजित हुने भनिएको आइफा अवार्ड २०२० को मिति सार्ने निर्णय गरिएको हो।"
"यो आइफा २०२० को नयाँ मिति र योजना मध्यप्रदेशमा छिटै घोषणा गरिनेछ। आइफाले नागरिक र आइफाको सदस्यको सुरक्षाको लागि यस्तो निर्णय गरेको हो। यस्को कारण र स्थितिलाई लिएर हामी दुखित छौ र तपाईहरुले पनि बुझ्नुहुन्छ भन्ने हामी आशावादी छौँ।"
काेराेनाकाे संक्रमण बढेसँगै परिणीति चोपडा, सनी लियोन, कृति सैननलगायतका बलिउड सेलिब्रेटीहरूले यात्राको क्रममा मास्क लगाएका छन् र आफ्ना प्रशंसकहरूलाई सुरक्षित रहन आग्रह गरेका छन्।