एजेन्सी – बलिउड अभिनेता अजय देवगनको फिल्म ‘तन्हाजी द अनसंग वारियर’ र अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘छपाक’ हटस्टारमा सार्वजनिक भएको छ। ‘तन्हाजी’ र ‘छपाक’ दुबै फिल्म जनवरी १० मा रिलीज भएको थियो।
‘तन्हाजी द अनसंग वारियर’ फिल्मले दर्शकहरु र आलोचकहरूको मन जितेका थियो र बक्स अफिसमा आक्रामक व्यापार गरको थियाे। यस फिल्ममा अजय, शैफ र काजोलसहित पंकज त्रिपाठी र शरद केलकरको पनि मुख्य भूमिका छ।
तर ‘छपाक’ फिल्मले दर्शक र आलोचकको मन जित्न सकेन। यस फिल्ममा दीपिका पादुकोण मुख्य भूमिकामा थिइन्।