एजेन्सी– पाकिस्तानमा रहेको एक किल्ला संसारकै सबैभन्दा ठूलो किल्ला हो। पाकिस्तानको सिन्ध प्रान्त्मास्थित जमशोरोमा किर्थर रेजको लक्की पहाडमा उक्त किल्ला अवस्थित छ।
उक्त किल्ललाई रानी कोर्ट फोर्ट भन्ने गरिन्छ। कसैले यो किल्लालाई सिन्ध को ढोका भनेर पनि चिन्ने गर्दछन्। उक्त किल्लाको लम्बाई ६४०० रहेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो किल्ला २० औँ शताब्दीको शुरुवातमा बनाइएको थियो। कसैले भने यो किल्ला सन् ८३६मा सिन्धका गभर्नर पर्सियन नोबल इमरान बिन मुसा बमर्कीले निर्माण गरेका थिए भन्ने गरेका छन्।
पाकिस्तानको यस किल्लालाई युनेस्कोले पनि विश्व धरोहर स्थलहरुको सूचीमा शामिल गरेको छ। सन् १९९३ मा पाकिस्तानका नेशनल कमिशन फर युनेस्कोद्वारा विश्व धरोहर स्थलको रुपमा चिन्ने बताएको थियो।
उक्त किल्लामा ४ मुख्य गेटहरु छन्। जसलाई स्यान, अमरी, शाह पेरी रमोहन गेट भन्ने गरिन्छ। यो किल्ला भन्दा भित्र पनि एउटा सानो किल्ला रहेको छ जसलाई मिरी किल्ल भन्ने गरिन्छ। स्यान गेटबाट मिरी किल्ल लगभग ३ किलोमिटर टाढा रहेको छ।