एजेन्सी – बाहुबलीमा देवसेनाको भूमिका निभाएर चर्चामा आएकी अभिनेत्री अनुष्का शेट्टीको फिल्म ‘निशब्दम्’ को ट्रेलर सार्वजनिक भएको छ।
फिल्ममा बलिउड अभिनेता आर माधवन र साउथकि अभिनेत्री अनुष्का शेट्टी मुख्य भूमिकामा रहेका छन् भने माइकल म्याडेसन, अंजली, शालिनी पाण्डे, सुब्बाराजू र श्रीनिवास अवसारला सहायक भुमिकामा रहेका छन्। २ मिनेट ट्रेलरमा सस्पेन्स र थ्रिलर मात्र देख्न सकिन्छ।
शालिनी पाण्डेले फिल्ममा महत्वपूर्ण भूमिका खेल्ने छिन्। फिल्ममा शालिनीले हिराे र हिराेइनलाइ एक अर्कासँग कनेक्ट गराउँछिन्। यो फिल्म हिन्दी र अन्य विभिन्न भाषामा रिलिज हुँदैछ। हेमन्त मधुकरले निर्देशन गरेको यो फिल्म आउँदो अप्रिल २ मा रिलिज हुनेछ।
https://www.youtube.com/watch?v=azUa-Qpi-Bo