काठमाडाैं– ‘जन्मथलो कणाली’ बाेलकाे देउडा ठाडीभाका सार्वजनिक भएकाे छ। पत्रकार तथा सर्जक धनराज वास्तविकको शब्द र तपेन्द्र भण्डाराकाे स्वरमा उक्त गीत बजारमा आएकाे हाे।
‘जन्मथलो कणाली’ बुधबार कर्णाली सन्देश डटकमको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएकाे हाे। उक्त गीतको लय देउडा गायक सुरेश शाहीले तयार पारेका हुन्।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा लोकप्रिय भाकाका रुपमा रहेको देउडा ठाडीभाकाले स्थानीय परिवेशलाई समेटेको सर्जक वास्तविक बताउँछन्।
https://youtu.be/oHtQer6P-RY