एजेन्सी– भारतको पश्चिम बंगालमा एक व्यक्तिको मतदाता परिचयपत्रमा कुकुरको तस्वीर राखिएको विषयले अहिले तरंग ल्याएको छ। सुनील करमाकर नामका ती व्यक्तिको परिचय पत्रमा नाम, ठेगाना सबै सही छन् तर तस्वीर भने कुकुरको छ। मुर्शिदाबादका करमाकरले भारतको निर्वाचन आयोगविरुद्ध मानहानीको मुद्दा दायर गर्ने बताएका छन्।
६४ वर्षीय करमाकरले भने, ‘आयोगका अधिकारीले मेरो मतदाता परिचयपत्रमा कुकुरको तस्वीर राखेछन्। मैले सुधारका लागि निवेदन दिएको थिएँ। तर उनीहरूले सुधार गरेनन्।’ कर्मचारीहरूले जानीबुझी गल्ती गरेको करमाकरको भनाइ छ।उनको ब्यक्तिमाथि आचआउने काम भएको गुनासो गरेका छन्। यसले गर्दा आफ्नो सार्वजनिक बेइज्जती भएको र मजाक उडाइएको उनले बताए।