एजेन्सी – हलिउड अभिनेता जेम्स बोन्डको फिल्म ‘नो टाइम टु डाइ’ को रिलीज मिति सात महिना पछि सारिएको छ। कोरोना भाइरसको संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि फिल्मको नयाँ रिलीज मिति नोभेम्बरमा सारिएको हो। यसअघि फिल्मको रिलीज मिति अप्रिल रहेको थियो।
जेम्स बोन्डको फिल्महरूले अन्तर्राष्ट्रिय बजारबाट बढी कलेक्सन् गर्छ। काेराेना भाइरसले आक्रान्त बनाएपछि चीन, जापान र दक्षिण कोरियामा प्रचार योजनाहरू पहिले नै रद्द गरिएको थियो। सोमबार, लोकप्रिय जेम्स बाेन्ड फ्यान साइट एमआई सिक्टिन मुख्यालयले उत्पादकहरूलाई रिलीज मिति परिवर्तन गर्न खुला पत्र पठाएकाे थियाे।
एमजीएम, युनिभर्सल र निर्माता माइकल जी विल्सन र बार्बरा ब्रोकोलीले बुधवार ट्विटरमार्फत फिल्मको नयाँ रिलीज मिति नोभेम्बरमा सारिएको घोषणा गरेका हुन्। निर्माताका अनुसार फिल्म बेलायतमा नोभेम्बर १२ र अमेरिकामा नोभेम्बर २५ देखि फिल्म रिलीज हुनेछ।
https://www.youtube.com/watch?v=BIhNsAtPbPI