एजेन्सी – क्रिकेटर कपिल देवको बायोपिक फिल्म ‘८३’ को ट्रेलर को रिलीज मिति तय भएको छ। बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण फिल्म ‘८३’ मा मुख्य भूमिकामा छन्। फिल्ममा ताहिरराज भसीन, साकीब सलीम, हार्डी संधू, एम्मी विर्क, पंकज त्रिपाठी, बोमन ईरानी, निशांत दहिया, जिवा र साहिल खट्टरकाे पनि अभिनय रहेकाे छ।
फिल्मको कास्टले ‘८३’ को ट्रेलर अर्को हप्ता मार्च ११ मा रिलीज गर्नेछ। यस फिल्ममा कपिलको भूमिकामा रणवीर सिंह देखिएका छन् भने कपिलकी पत्नी रोमी देवको भूमिकामा दीपिका पादुकोण देखिएकी छिन्। यो फिल्मको निर्देशक कविर खान हुन्। यो चलचित्र अप्रिल १० मा विश्वभर रिलिज हुँदैछ।