एजेन्सी– पछिल्लो समय निकै नै चर्चामा रहेका नायक कार्तिक आर्यनको पछिल्लो चलचित्र ‘लभ आजकल २’ असफल भयाे। तर पनि उनको चर्चामा कमी आएको छैन। उनी निरन्तर चलचित्रमा काम गरिरेहका छन्।
कार्तिक अवार्ड समारोहदेखि विभिन्न कार्यक्रमहरुमा पुगेका हुन्छन्। बुधबार उनी आइफाको पत्रकार सम्मेलनमा पुगेका थिए। सोही कार्यक्रममा नायिका कट्रिना कैफ पनि उपस्थित थिइन्। कार्यक्रमको निर्धारित समयभन्दा कार्तिक केही समय ढिला भएका थिए। कार्तिक पुग्नसाथ उनलाई स्टेजमा बोलाइयो। कार्तिक स्टेज चड्नुअघि नै कट्रिना स्टेज पुगिसकेकी थिइन्।
स्टेज पुग्नसाथ कार्तिकले झुकेर कट्रिनाको पाउ छोए र आफू ढिला भएको भन्दै माफी माग्दै उठ– बस पनी गर्न भ्याए। आफूले गल्ती गरेको भन्दै ‘पहिला रणवीर सिंहले सबैको पाउ छोएर माफी माग्नुहुन्थ्यो। आज म ढिला भएको छु। त्यसैले माफी चाहान्छु।’ अहिले कार्तिकले कट्रिनाको पाउ छोएको तस्विर र भिडियो निकै भाइरल भइरहेको छ।