काठमाडौं– ‘मिस वर्ल्ड २०१९’ की विजेता टोनी एन सिंह नेपाल आइपुगेकी छिन्। जमैकाकी सुन्दरी आज (बिहिबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्। टोनीलाई सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल शृङ्खला खतिवडा लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
३ दिने भ्रमणका लागि टोनी एन सिंह लगायतका टिम नेपाल आएका हुन्। टोनीसँग मिस वर्ल्डका आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लस नेपाल आएका छन्।
टोनी लगायत टिमले सिन्धुपाल्चोकको हलेम्बु गाउँपालिकामा निर्माणाधीन हिमालयन ग्रेट टेलको अवलोकन गर्नेछिन् भने पूर्व मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट पनि अवलोकल गर्नेछिन्।। मिस वर्ल्डको टिम संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको समन्वयमा नेपाल आएको हो ।