काठमाडौं– संसारमा विभिन्न अनौठाे र अचम्मका घटनाहरु हुने गर्दछन्। जसमध्ये उत्तर कोरीयामा बनिरहेको होटल पनि विश्वकै अच्चमित र अनौठो घटना मध्ये एक हो। उक्त होटललाई भूत होटल वा श्रापित होटल भन्ने गरिन्छ।
पिरामिडको आकारमा बनेको यो होटल संसारकै सबैभन्दा लक्जरी र अग्लो होटल हो। तर त्यहाँ भूत रहेको भन्दै ३३ वर्ष यता निर्माण कार्य अधुरो रहेको छ। यो अनौठो होटल प्योंगयोंगमा अवस्थित छ। उक्त होटलको आधिकारिक नाम रयुगयोंग हो। तर होटललाई यु क्युंग भनेर पनि चिन्ने गरिन्छ।
३३० मिटर अग्लो यो होटलमा १०५ वटा कोठाहरु छन्। तर आजसम्म पनि कोहि व्यक्ति त्यहाँ बसेका छैनन्। उत्तर कोरियाले उक्त होटल निर्माणमा ७५० मिलियन डलर खर्च गरेको छ। तर आजसम्म पनि उक्त होटलको ओपनिङ्ग हुन सकेको छैन।अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार तोकिएको समयसम्म होटल सकिएको भए उक्त होटल सबैभन्दा ठूलो र उचाईमा रहेको सातौँ होटलमा समावेश हुने थियो।
यो होटलको निर्माण कार्य सन् १९८७ मा शुरु भएको थियो। सन् १९९२ मा होटल बनाउन छोडिएको थियो। तर सन् २००८ मा काम फेरी शुरु गरिएको थियो। त्यसबेला लगभग १७ अर्ब रुपैयाँ खर्च भएको थियो।