काठमाडौं - चर्चित गायिका प्रविशा अधिकारी र गायक राज हृदयको स्वरमा ‘तक्दिर’ बोलको प्रेमिल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गीतकार डिपी खनालको शब्द तथा अजय तामाङको संगित रहेको उक्त गीत राम्रो बनेको छ।
रागा स्टिुडियोमा रेकर्ड गरिएको गीतमा शाहस शाक्यको संगित संयोजन तथा एच बि एन् किस्मतको मिक्सिङ तथा मास्टरिङ रहेको छ। अहिलेका चर्तित मोडल एलिशा राई र कमल सिंहको उत्कृष्ट केमेस्ट्री रहेको भिडियोको छायाङ्कन् अर्जुन तिवारी र टिमले गरेका हुन्।
भिडियोको सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन। ओ.एस.आरले प्रोडक्सन गरेको उक्त भिडियोको निर्देशन अहिलेका चर्चित निर्देशक शान थापाले गरेका हुन्।
आजबाट बजारमा आएकोउक्त भिडियो युट्युबमा ओ.एस.आर. डिजिटलमा उपलब्ध छ। गीतको छायांकन धुलिखेलको रमणीयस्थलमा भएको संगीतकार अजय तामाङले जानकारी दिए।
https://www.youtube.com/watch?v=jpCZ3otyEMo&feature=emb_logo