काठमाडौं– रेखा र सविनको एक्सन रहेको चलचित्र ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार एक कार्यक्रम गर्दै चलचित्र हिरो रिटर्न्सको ट्रेलर सार्वजनिक गरिएको हो।
चलचित्रमा रेखा थापा, सविन श्रेष्ठ र दिल श्रेष्ठ, सरोज खनाललाई मुख्य भुमीकामा देखाइएको छ। ३ मिनेट लामो ट्रेलरमा एक्सन, प्रेम र विछोडको कथालाई समेटिएको छ। रेखा र सविनको एक्सनलाई ट्रेलरमा विशेष स्थान दिइएको छ।
यो चलचित्र बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको र चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका छन्। ‘धुर्व तारा फिल्मस्’ र ‘सोम ओम फिल्मस्’ को संयुक्त व्यानरमा निर्माण भएको यस चलचित्रमा भिम न्यौपाने र धुर्व न्यौपानेकोे लगानी रहेको छ।
शिवम अधिकारीले लेखेको चलचित्रमा कास्यप घिमिरेको छायांकन तथा मित्र डि गुरुङको सम्पादन रहेको छ। चलचित्रमा दीपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजले कोरियोग्राफी तथा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ।
https://www.youtube.com/watch?v=S_Jtfdcnv78