एजेन्सी – बलिउड अभिनेत्री विद्या बालन फिल्म ‘शेर्नी’ मा मुख्य भूमिकामा देखिने भएकी छिन्। विद्या बालनको फिल्म ‘शेर्नी’ को शुटिङ सुरु भएकाे छ। निर्माताहरूले मंगलबार विश्व वन्यजीव दिवसलाई मुहूर्तका लागि छनौट गरी जंगलको बिचमा अवस्थित एक पुरानो मन्दिरमा पूजा गर्दै फिल्मकाे शुटिङ सुरू गरेका हुन्।
पूजाको सेटबाट फोटो सार्वजनिक गर्दै विद्या इन्स्टाग्राममा लेख्छिन्, ‘फिल्म ‘शेर्नी’ को शुटिङ विश्व वन्यजीव दिवस मा सुरु गरिएको छ।’ यस फिल्ममा सान्या मल्होत्रा र जिशु सेनगुप्ता पनि सहयोगी भूमिकामा छन्। यो फिल्मको निर्देशक अमित मसुरकर हुन्।