काठमाडौं– चलचित्र ‘नीरफूल’ कोे ट्रेलर सार्वजनिक भएको छ। चलचित्र ‘नीरफूल’ मा दयाहाङ राईको मुख्य भूमिका रहेका छ। मंगलबार एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।
उक्त चलचित्रको ट्रेलरमा भुकम्पका कारण आफ्नो सन्तान गुमाउनु परेको पिडालाई देखाइएको छ। चलचित्रमा अभिनेत्री शान्ति वाइवा र अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा रहेका छन्। आफ्नो हाराएको छोरी खोज्नको लागि दयाहाङ र शान्ति विभिन्न निकायसम्म पुगेको कुरालाई ट्रेलरमा देखाइएको छ।
चलचित्रमा दयाहाङ, बुद्धि र शान्तिसँगै जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय रहेको यस चलचित्रमा रेखा थापा अतिथि कलाकारको रुपमा प्रस्तुत भएकी छिन्।
सचिन घिमिरे र निर्देशक वलले संयुक्त रुपमा लेखेको ‘नीरफूल’मा प्रमोद कार्कीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ। चलचित्र रिलिजको लागि चैत ७ गतेको मिति तोकिएको छ।
https://youtu.be/wyKpcgaknm8