एजेन्सी– वर्तमान मिस वर्ल्ड टोनी आन सिंग मिस वर्ल्ड को टोलीसंगै नेपाल आउने भएकी छिन्। उनीहरु सकेसम्म भोली नै आउने तयारीमा रहेको जनाइएको छ।
मिस वर्ल्ड टोनीकाे हेलम्बु जाने कार्यक्रम रहेको छ। मिस नेपाल अनुसा श्रेष्ठले मिस वर्ल्डको प्रतियोगिताको बेला भिडियो बनाएकी ठाउँ हो हेलम्बु । हेलम्बु जाने उनको इच्छा रहेको हुँदा उनी त्यहाँ जाने भएकी हुन्।
मिस वर्ल्डको ६९ औं संस्करणमा १ सय २० देशका प्रतिस्पर्धीलाई उछिन्दै जमैकाकी टोनी एन सिंहले प्रतियोगिताको शीर्ष स्थान हासिल गरेकी थिइन्।