काठमाडौं – ‘पूनम इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण भएको चलचित्र ‘मारूनी’लाई लण्डनका दर्शकले अत्याधीक रुचाएका छन्। लण्डनमा राखिएको दुई शोमा नै त्यहाँका दर्शकको उत्साहजनक साथ रहेको निर्मात्री पूनम गौतमले बताईन।
निर्मात्री पूनमका अनुसार लण्डनको दुई शहर अल्डरसट र बाल्चिनमा चलचित्रको शो राखिएको र दुबै शो हाउसफुल भएको छ। ‘दर्शकको उपस्थितीले त खुसी बनाएको नै थियो, त्यो माथि चलचित्रलाई सबैले रूचाएका छन्।
दर्शकले चलचित्रको विषयबस्तु र प्रस्तुतीलाई रुचाएका र कलाकारको अभिनयलाई पनि दर्शकले रुचाएका छन्। ‘चितवन युथ युके’को मुख्य आयोजना गरेको शोमा निर्मात्री पूनम चलचित्रकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर पुगेकी थिइन्।
यस चलचित्रले केही देशमा शो सकाइसकेको छ भने अब अझै केही देशहरुमा शो बाकीँ रहेको छ। ‘अब हामीले स्कटल्याण्ड, अमेरिका लगायतका देशहरुमा शो गर्नेछौँ निर्मात्री पूनमले भनीन।’
अप्रिल ३ तारिखमा सिक्किम, दार्जि्लिङ, सिलिगुढी लगायतका ठाउँहरुमा पनि शो रहेको पूनमले बताएकी छिन्। नवल नेपालको निर्देशनमा बनेको ‘मारूनी’मा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङको मुख्य भूमिका रुपमा रहेको छ। तेस्रो लिंगीको कथा बोल्ने यस चलचित्रलाई नेपालमा पनि राम्रो प्रतिकृया मिलेको थियो।