एजेन्सी– बलिउडमा अहिले रिमेकको लहर नै चलेको छ। अन्य भाषामा निर्माण भएको राम्रो फिल्मलाई हिन्दी भाषामा रिमेक गर्ने चलन बढिरहेको छ। यसैबीच तामिल फिल्म ‘थडम’ को हिन्दी रीमेकमा बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा डबल रोलमा देखिने भएका छन्।
सिद्धार्थ मल्होत्राले आफ्नो इन्स्टामार्फत फोटो पोष्ट गर्दै आफू यस चलचित्रलाई लिएर निकै उत्साहित रहेको बताएका छन्।
तामिलमा अर्जुन विजयले निर्वाह गरेको भूमिकामा सिद्धार्थलाई देख्न सकिने छ। फिल्मका लागि अन्य कलाकार भने पक्का भएका छैनन्। यस फिल्म भुषण कुमार र मुराद खेतनील निर्माण गर्दै छन्। फिल्म २०२० को नोभेम्बर २० मा रिलिज हुने बताइएकाे छ ।