काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू कुनैपनि होली सम्बन्धी समारोहमा भाग नलिने निणर्य गरेका छन्। बुधबार बिहान ट्विट गर्दै मोदीले विश्वभर समस्काको रुपमा देखिएको कोभिड–१९ कोरोना भाइरसको त्रासका कारण आफू होलीका कुनै कार्यक्रममा सहभागी नहुने घोषणा गरेका हुन्।
‘कोभिड–१९ कोरोना भाइरसबाट बच्नका लागि विश्वभर विशेषज्ञहरुले सामूहिक भेलालाई कम गर्न सुझाव दिइरहेका छन्’ उनले ट्विटरमा लेखेका छन्–‘यसकारण यसपटक मैले कुनैपनि होली मिलन कार्यक्रममा भाग नलिने निर्णय गरेको छु’। भारतमा होलीलाई विषेश पर्वको रुपमा लिइन्छ।