एजेन्सी– बलिउड अभिनेता रणदीप हुड्डा छिट्टै हलिउडमा इन्ट्री गर्दै छन्। हलिउड अभिनेता क्रिस हेम्सवर्थको साथ हुड्डा हलिउड डेब्यू गर्न तयार छन्। यस फिल्मको लागि रणदीप हूडाको पहिलो लुक सार्वजनिक भएको छ।
हलिउडमा उनले खेल्ने फिल्म हो, नेटफ्लिक्स फिल्म एक्स्ट्रायाक्सन। केहि दिन अघि एभेन्जर्सका सुपरहिरो क्रिस हेम्सवर्थ शूटिङको लागि भारत आएका थिए।
रणदीप फिल्ममा भएको उनको फर्स्ट लुक पनि बाहिर आएको छ। त्यसमा उनी हातमा बन्दुक लिएर उभिएका छन्। ‘म हलिउड फिल्ममा यस्तो एक्सन गर्ने सायद पहिलो भारतीय अभिनेता हुँ,’ उनले भनेका छन्, ‘यो अनुभव मेरा लागि निकै महत्वपूर्ण रह्यो।’