एजेन्सी– बलिउड अभिनेत्री श्रद्धा कपूर आज मार्च ३ मा आफ्नो ३३ औं जन्मदिन मनाउँदै छिन्। श्रद्धा कपूरले २०१० मा फिल्म ‘तीन पट्टी’ बाट बलिउडमा आफ्नो यात्राको शुरुवात गरेकि थिन्। उनी भारतको लोकप्रिय र महङ्गी अभिनेत्रीहरू मध्येका एक हुन्।

दक्षिणी भरतका सुपरस्टार प्रभासले साहो को स्टार श्रद्धा कपूरलाई आफ्नो इन्स्टाग्राममार्फत जन्मदिनको शुभकामना दिएका छन्। हाल श्रद्धा कपूर आफ्नो आगामी फिल्म ‘बागी ३’ को प्रमोशनमा ब्यस्त छिन्। यस फिल्ममा टाइगर र श्रद्धा मुख्य भूमिका रहेको छ। अहमद खानले निर्देशन गरेको ‘बागी ३’ फिल्म आउँदो मार्च ६ मा रिलिज हुँदैछ।