एजेन्सी– चर्चित बलिउड नायिका दीपिका पादुकोणले फ्रान्समा भैरहेको ‘पेरिस फेसन विक’मा सहभागी हुन जाने कार्यक्रम रद्द गरेकि छिन्। उनी लक्जरी फेशन ब्रान्ड ‘लुई वितों’ को निमन्त्रणमा त्यहाँ जाने तयारीमा थिइन् विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दीपिकाले आफ्नो फ्रान्स यात्रा रद्द गरेकी हुन्। फ्रेवुअरी २४ बाट सुरु भएको ‘पेरिस फेसन विक’ मार्च ३ सम्म चलेकाे थियाे।
यसबारे जानकारी दिँदै दीपिकाका अधिकारिक प्रवक्ताले भने, ‘दीपिका पादुकोण फ्रान्समा चलिरहेको पेरिस फेशन विकको क्रममा लुई पितोंको एफडब्ल्यू२०२० शोमा भाग लिन त्यहाँ जाने योजनामा थिइन् तर कोरोना भाइरसको महामारी अब फ्रान्समा एक नयाँ चरणमा प्रवेश गरिरहेको छ, त्यसकारण उनले आफ्नो यात्रा रद्द गर्नुपरेको हो ।’
अब दीपिका चाँडै नै आफ्नो नयाँ फिल्म ‘८३’ मा देखिने भएकि छिन्। जसमा उनी कपिल देवकी श्रीमती रोमी देवको भूमिका निभाइरहेको देख्न सकिन्छ। यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ।