एजेन्सी– दक्षिण कोरियाले कोरोना भाइरसको संक्रमणविरूद्ध युद्धको घोषणा गरेको छ। कोरोना भाइरस विरूद्ध युद्ध सुरु भइसकेको दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनले बताए।
राष्ट्रपति मुनले भाइरसविरुद्धको लडाइँका लागि २५ अर्ब अमेरिकी डलर बजेट छुट्याएको समेत जानकारी दिएका छन्।
जापान टाइम्सका अनुसार राष्ट्रपति मुनले सबै सरकारी कार्यालयलाई २४ घन्टे आकस्मिक कक्ष बनाउन निर्देशन दिएका छन्।
सम्पूर्ण देश संक्रामक रोगको साथ युद्धमा प्रवेश गरेको जानकारी गराउँदै मूनले सबै सरकारी एजेन्सीहरूलाई चौबीसै घण्टा सञ्चालन गर्न आदेश दिए। कोरियामा कोरोनाबाट संक्रमित हुनेको संख्यामा ५ हजार पुगेको छ। योसँगै चीनबाहिर संसारमा सबैभन्दा धेरै संक्रमित हुने देश बनेको छ।
सोमबारमात्र कोरियामा ६ सय जना थप व्यक्तिमा संक्रमण देखिएको छ भने २८ जनाले ज्यान गुमाइसकेका छन्।