एजेन्सी– बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री परिणीति चोप्राको फिल्म ‘संदीप और पिंकी फरार’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। परिणीतिलाई सन्दीप र अर्जुनलाई पिंकीको रुपमा प्रस्तुत गर्दै प्रोडक्शन ब्यानर यशराज फिल्म्सले सोशल मीडियामा फिल्मको पोस्टर सार्वजनिक गरको छ।
अर्जुन कपूर र परिणीति चोप्राले २०१२ मा फिल्म ‘ईशाकजादे’ बाट बलिउडमा आफ्नो यात्राको शुरुवात गरेका छ। दिबाकर बनर्जी द्वारा निर्दे्शित गरेको यो फिल्म आउँदो मार्च २० मा रिलिज हुँदैछ।