एजेन्सी– बलिउड अभिनेत्री दिशा पटानीले ‘एक भिलेन’ सिक्वेलको लागि पक्का भएकी छन्। ‘एक भिलेन’ को सिक्वेलमा दिशासँगै आदित्य कपूर, जोन अब्राहम मुख्य भूमिकामा छन्। सन् २०१४ मा आएको ‘एक भिलेन’मा सिद्धार्थ मल्होत्रा, श्रद्धा कपूर र रितेश देशमुखको अभियन रहेको थियो। ‘एक भिलेन’ बक्स अफिसमा हिट भएको थियो। दिशा पाटनीले भने आफ्नो फिल्म ‘मलंग’ बाट दर्शक र आलोचकहरूको मन जितेकि थिइन्।
दिशाले आफूलाई भेटेर एक्सन फिल्म खेल्न खोजेको निर्देशक सूरीले बताएका थिए। जसरी मलंगमा दिशाको अलग रुप देखिएको थियो। त्यस्तै, एक भिलेनको सिक्वेलमा पनि उनी फरक अन्दाजमा देखिने निर्देशक सूरीले बताएका छन्। यो चलचित्र सन् २०२१ को जनवरी ८ मा रिलिज हुनेछ।