एजेन्सी– अफगानिस्तानमा फुटबल खेल भइरहेको स्थानमा सोमबार बम विष्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको प्रहरीले एएफपीलाई बताएको छ। उक्त घटनामा अन्य ११ जना घाइते भएका छन्।
तालिवान समूहले अफगानिस्तानमा हिंसा अन्त्य गर्दै स्थायी शान्तिका लागि सरकारसँग वार्ता गर्ने प्रतिवद्धतासहित अमेरिकासँग कतारको राजधानी दोहामा सम्झौता गरेको दुई दिन नवित्दै उक्त विष्फोट भएको छ।
पश्चिम खोस्ट प्रान्तका प्रहरी प्रमुख सैयद अहमद बाबाजाईले विष्फोटको पुष्टि गर्दै भने, ‘मोटरसाइकलमा आएको एक व्यक्तिले बम विस्फोट गराएको र उक्त विस्फोटमा तीन जनाको मृत्यु भएको छ।’
विस्फोटको जिम्मेवारी समाचार तयार गर्दासम्म कसैले नलिएको प्रहरी अधिकारीले बताएका छन्। एएफपी