काठमाडौं – प्रदीप खड्का र जसिता गुरुङको फिल्म ‘लभ स्टेशन’ युट्युबको नम्बर एक ट्रेन्डिङमा पुग्न सफल भएको छ। प्रायः तेलुगु फिल्म नेपालको युट्युब ट्रेन्डिङमा पर्ने गरेको छ। तर अहिले भने प्रदीपको ‘लभ स्टेशन’ रिलिजको ४ दिनमा युट्युबको नम्बर एक ट्रेन्डिङमा पुगेको हो।
फिल्मले बक्स अफिसमा औसत व्यापार गरेको थियो। चोरीको आरोप लागेपछि फिल्मले खासै चित्तबुझ्दो व्यापार गर्न सकेको थिएन। फिल्ममा प्रदीप खड्का र जसिता गुरुङको जोडी रहेको छ भने रमेश बुढाथोकी, सिरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, कालु राना लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ।
उज्ज्वल घिमिरेले निर्देशनमा रहेको यो फिल्म सुभ सिंह बस्न्यातले लेखेका हुन्। यो फिल्मलाई गोविन्द शाही, क्रिसु शाही र कवीरविक्रम शाहीले निर्माण गरेका हुन्।