एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल त्याग्ने निर्णय गरेसँगै भारतीय मिडियामा यसबारे बहस चलेको छ। मोदीले आउँदो आइतबारबाट सामाजिक सञ्जाल त्याग्ने बताएसँगै उनीबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ। मोदीले आइतबार साँझ ट्वीटमार्फत् सामाजिक सञ्जालको एकाउन्ट त्याग्ने जानकारी गराएका थिए।
उनले फेसबुक, ट्वीटर र इन्स्टाग्राम छाड्ने जानकारी गराएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा उनको भारतमा सबैभन्दा धेरै फलोअर्स रहेका छन्।
सामाजिक सञ्जालमा उनको पछिल्लो समय व्यापक आलोचना भएका कारण पनि यस्तो निर्णय लिएको हुनसक्ने अनुमान गरिएको छ। उता विपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धीले मोदीप्रति कटाक्ष गरेका छन्। उनले सामाजिक सञ्जालभन्दा पनि घृणा त्याग्न सुझाव दिएका छन्।