एजेन्सी– रक्सीको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ। यो कुरालाई बेवास्ता गर्दछन्। भारतमा रहेको एउटा गाउँमा रक्सी पिउनु त टाढैको कुरा रक्सीको नाम लिनु पनि पाप मान्ने गरिन्छ।
भारतको प्रतापगढ नजिकमा रहेको टाँडा गाउँमा रक्सीको नाम लिनु नै पाप मानिन्छ। उक्त गाउँको जनसंख्या लगभग २ हजार छ।
उक्त गाउँमा वर्षौदेखि रक्सीको नाम पनि उच्चारण गरिँदैन। लबाना समुदायका मानिसहरु बस्ने त्यो गाउँमा रक्सी पिएको र बेचेको भेटिएमा कारवाही हुन्छ । पिउनु र बेच्नु त परेको कुरा त्यो गाउँमा रक्सीको शव्द उच्चारण गर्नुलाई पनि पाप ठानिन्छ।
पञ्चायतले २० वर्ष अगाडि नै गाउँमा रक्सी पिउन तथा रक्सीका बारेमा कुराकानी गर्न पनि बन्देज लगाएको थियो।