एजेन्सी– ओसामा बिन लादेनको खोजी र हत्याका लागि सिआईएलाई सहयोग गरेका चिकित्सकले पाकिस्तानी जेलमा भोक हड्ताल सुरु गरेका छन्।
शकिल अफ्रिदीका परिवारका सदस्य र कानुन व्यवसायीहरुका अनुसार सोमबार उनले जेलभित्रै भोक हड्ताल सुरु गरेका हुन्। २०११ मा उनको नक्कली खोप कार्यक्रममार्फत अमेरिकी एजेन्टको खोजी र अलकायदाका नेताको हत्या गर्न सम्भव भएको थियो।
‘गैरन्यायीक र अमानवीय व्यवहारविरुद्धको आन्दोलन हो यो,’ शकिलका भाइ जमिल अफ्रिदीले दाजुलाई उद्धृत गर्दै भनेका छन्। शकिल पाकिस्तानको पन्जाब प्रान्तस्थित कारागारमा राखिएका छन्। शकिल अफ्रिदी २०१२३ को मे महिनामा ३३ वर्षका लागि जेलमा पठाइएका हुन्। शकिलले भने आफूविरुद्धको अभियोग इन्कार गर्दैआएका छन्।