एजेन्सी– हामीलाई आश्चर्य लाग्न सक्छ विश्वमा अप्रत्यशिल घटना घटिरहेको हुन्छ। बाँदर रुखमा चढेको त हामीले देखेका नै छौँ। तर के तपाईले बाख्रा पनि बाँदरझैँ रुखमा चढेको देख्नुभएको छ? देख्ने त कुरै छोडौँ सुुन्नु पनि भएको छैन होला।
किनभने हामीले पालेका बाख्रा त्यसरी रुख चढ्न सक्दैनन्। तर अफ्रिकी देश मोरक्कोमा पाइने एउटा विशेष जातको बाख्रा भने बाँदरझैँ रुखमा चढ्ने गर्दछ। रुखमा चढ्न बाहिर त्यस प्रजातिका बाख्राहरुले रुखमा फलेका फलहरु खान्छन्।
उक्त जातको बाख्राको मल अर्थात् बड्कौँला धेरै नै महंगो हुन्छ। उक्त जातको बाख्राको बड्कौँला बेचेरै किसानहरुले करोडौँ कमाउने गर्दछन्।
बाख्राको बड्कौँला बेचेर करोडौँ कमाउने भनेपछि तपाईलाई आश्चर्य लाग्न सक्छ। बाख्राको बड्कौँला विशेष मल हुने कारणले गर्दा धेरै महंगो हुने गरेको हो।
दक्षिण पश्चिमी मोरक्को तथा अल्जेरियाका केही क्षेत्रमा आर्गन भन्ने वनस्पती पाइन्छ। उक्त वनस्पतीको फल बाख्राले निकै मीठो मानेर खान्छ।
फल खाइसकेपछि त्यसको गुदी त बाख्राले पचाउँछ तर बिज भने पचाउन सक्दैन र बड्कौँलासँगै बाहिर आउँछ। किसानहरुले बाख्रो बड्कौँला जम्मा गर्छन् र त्यसबाट फलका बिज छुट्टाउँछन्।
बड्कौँलामा पाइने फलका बिजबाट तेल निकालिन्छ। आर्गनको तेल कस्मेटिक उद्योगमा निकै महंगोमा बिक्दछ।