एजेन्सी – अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ को ट्रेलर सार्वजनिक भएको छ।
लामो समयदेखि प्रतीक्षित यो फिल्मको ट्रेलरमा अक्षयलाई दमदार एक्सनका साथ देख्न सकिन्छ। ४ मिनेट लामो ट्रेलरमा एक्सन, कमेडी तथा पारिवारिक पीडाको कुरालाई पनि स्थान दिइएको छ।
फिल्मको ट्रेलरमा गुलशन ग्रोभर, भिवान भटेना, अभिमन्यु सिंह, निहारिका रायजादा, जैकी श्राफ, र सिकन्दर खेरललाइ पनि देख्न सकिन्छ।
फिल्ममा अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा छन् भने अजय देवगन र रणवीर सिंहले क्रमशः सिंघम र सिम्बाको भूमिका खेल्ने छन्। प्रहरी युनिभर्सको कथामा रोहित सेट्टीले निर्देशन गरेको यो फिल्म आउँदो मार्च २४ मा रिलिज हुँदैछ।
हेर्नुहाेस् भिडियाे
https://www.youtube.com/watch?time_continue=1&v=u5r77-OQwa8&feature=emb_logo