एजेन्सी– बलिउड स्टार टाइगर श्राफ एकमात्र त्यस्ता अभिनेता हुन् जसले जैकी चानकाे जस्ता एक्शन फिल्ममा काम गर्न सक्छन्। त्यतिमात्र हैन उनमा हृतिक रोशन जस्तै नृत्य कला पनि छ। त्यसकारण उनले बलिउडमा आफ्नाे छुट्टै पहिचान बनाइसकेका छन्।
टाइगर श्राफले २०१४ मा फिल्म ‘हिरोपन्ति’ बाट बलिउडमा आफ्नो यात्राको शुरुवात गरेका थिए। आज मार्च २, को दिन उनको जन्मदिन परेको छ। उनले आज आफ्नो ३० औं जन्मदिन मनाउँदैछन्।
टाइगर श्राफको पहिलो नाम जय हेमन्त थियो। उनले चलचित्रमा डेब्यू गर्दा आफ्नो नामलाई टाइगरमा परिवर्तन गरेका थिए। टाइगर श्राफले व्यावसायिक रूपमा एकदमै सफल एक्शन फिल्म बाघी (२०१६), बाघी २ (२०१८) र वार (२०१९) मा अभिनय गरिसकेका छन्। यी फिल्महरू बलिउड इतिहासमा सबैभन्दा धेरै कमाई गर्ने फिल्महरूमध्येका एक हुन्।