एजेन्सी– कतारको दोहामा शनिबार दुबै पक्षले संयुक्त हस्ताक्षर गरेका हुन्। यससँगै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गरिनुका साथै १८ वर्षे युद्ध रोकिएको छ। अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खाजिलजाद र तालिवान नेता मुल्लाह अब्दुल घानी बरादारले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यस सहमतिलाई ऐतिहासिक घटनाको रुपमा दुबै तर्फबाट अथ्र्याइएको छ। सम्झौता अनुसार अब १४ महिनाभित्र अमेरिकी सेना फिर्ता भइसक्ने छन्। शान्तिवार्ताको समारोहमा दोहामा शनिबार ५० देशका प्रतिनिधि सहभागी थिए।
२००१ सेप्टेम्बर ११ का दिन अमेरिकाको ट्रेड टावर ध्वस्त पारेपछि जर्ज डब्लु बुस नेतृत्वको अमेरिकी सरकारले अफगानिस्तानमा हमला सुरु गरेको हो।