एजेन्सी– दिल्लीको बहुचर्चित निर्भया बलात्कार तथा हत्या केसका ४ जना दोषीहरुलाई फाँसी दिनको लागि निर्धारित मिति नजिकिइसकेको छ। पछिल्लो पटक भोलि बिहानका लागि फाँसीको समय तोकिएको छ। भोलि बिहान फाँसी दिन सकिने कि नसकिने र यस विषयमा आज सर्वोच्च अदालत र दिल्ली हाइकोर्टले फैसला सुनाउँदैछन्।
निर्भयाका ४ दोषीमध्ये एक पवन कुमारले गत शुक्रबार सर्वोच्च अदालतमा याचिका दायर गरेर मृत्युदण्डलाई आजीवन कारावासको सजायमा बदल्न माग गरेपछि आज सुनुवाइ हुन लागेको हो। यससँगै चारै जना दोषीको तर्फबाट उनीहरुको शारीरिक र मानसिक स्थितिबारे बुझ्न मानवअधिकार आयोगलाई निर्देशन दिन माग गर्दै शनिबार दिल्ली हाइकोर्टमा पनि याचिका दायर गरिएको छ।
यी दुवै याचिकामाथि आज सुनुवाइ हुन लागेको हो। यसका अलावा फाँसीका स्टे अर्डरको आग गर्दै दिइएको आवेदनमा पनि आज सुनुवाइ हुन सक्छ। सर्वोच्च अदालत र दिल्ली हाइकोर्टका अलावा आज यो केसमा पटियाला हाउस कोर्टमा पनि सुनुवाइ हुँदैछ। यो केसमा ४ दोषीहरुमध्ये पवन कुमार मात्र एक त्यस्ता दोषी हुन् जोसँग कानुनी विकल्प बाँकी छ। अन्य ३ जनाका सबै कानुनी विकल्प खारेज भइसकेका छन्।