एजेन्सी– बलिउड अभिनेता सुनिल शेट्टीको फिल्म ‘मोसागल्लु’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। पाेष्टरमा सुनिल शेट्टीलाई एसीपीको भूमिकामा देख्न सकिन्छ। फिल्ममा विष्णु मंचु, काजल अग्रवाल, प्रिस्किल्ला अविला, नवदीप र नवीन चन्द्र मुख्य भूमिकामा छन्।
सुनिल शेट्टी अन्तिम पटक रजनीकान्तसँग फिल्म ‘दरबार’ मा देखिका थिए। यो फिल्मको निर्देशन हलिउडका जेफ्री जी चिनले गरिरहेका छन्।