एजेन्सी – सुपरस्टार अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ यस वर्षको सबैभन्दा बहुप्रतिक्षित फिल्म हो। फिल्ममा अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा छन् भने अजय देवगन र रणवीर सिंहले क्रमशः सिंघम र सिम्बाको भूमिका खेल्ने छन्।
आफ्ना फ्यानहरूलाई अपडेट गर्दै फिल्मका निर्माताहरूले फिल्मको नयाँ मोशन पोस्टर सार्वजनिक गरेका छन्। त्यससँगै फिल्मकाे ट्रेलर रिलिज मिति घोषणा गरेका छन्। फिल्मकाे ट्रेलर भाेली (साेमबार) रिलिज हुने भएकाे छ।
https://www.youtube.com/watch?v=W6NMdTdhHnA
इन्स्टाग्राममा फ्यानहरूसँग फिल्मको मोशन पोष्टर शेयर गर्दै अक्षयले लेखेका थिए, “के तपाईं एक्शन प्याक सुपर कोप सागाका लागि तयार हुनुहुन्छ? भोलि ‘सूर्यवंशी’ को ट्रेलर सार्वजनिक गरिने छ!"
अक्षय कुमार र कट्रिना कैफ सँग १० बर्ष पछि स्क्रिनमा देखिनेछन्। दुई जना अन्तिम पटक फराह खानको ‘तीस मार खान’ मा सँगै देखेका थिए। यो फिल्म आउँदो मार्च २४ मा रिलिज हुँदैछ।
