एजेन्सी– बलिउड अभिनेता टाइगर श्राफले अभिनेत्री श्रद्धा कपूर आफ्नाे क्रस रहेकाे खुलासा गरेका छन्। उनले स्कूलको दिनहरूमा श्रद्धा धेरै मन परेकाे बताएका छन्। केहि दिन अघि ‘बागी ३’ को एक प्रोमोशनल अन्तर्वार्ताको बेला टाइगरले यो कुराको खुलाशा गरेका हुन्।
अन्तर्वातामा टाइगरकाे यस्ताे कुरा सुनेर अभिनेत्री श्रद्धा भने ट्वाल्ल परेकी थिइन्। टाइगरले भने, “म स्कूलमा हुँदा उनलाई धेरै मन पराउँथे।’’ यसको जवाफमा श्रद्धाले भनिन्, “मलाई केहि थाहा थिएन तर यदि मलाई थाहा भएकाे म यसको बारेमा केही गर्न सक्थेँ।’’ त्याे बेलामा किन आफ्नाे भावना शेयर गर्नुभएन भन्ने पत्रकारकाे प्रश्नमा टाइगरले आफूलाइ त्याे बेलामा डर लागेकाे बताएका छन्।
टाइगरले त्यसबेला श्रद्धालाइ टाढाबाट हेर्ने गरेकाे र उनलाइ फलाे गर्दा उनको कपाल हावामा उड्ने गरेकाे बताए। अहमद खानले निर्देशन गरेको ‘बागी ३’ फिल्म आउँदो मार्च ६ मा रिलिज हुँदैछ। फिल्ममा टाइगर र श्रद्धा मुख्य भूमिकामा छन्।